इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनहुँमा ९ जनामा डेंगुको संक्रमण देखिएको छ ।
डेंगु संक्रमण देखिएका बिरामी व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका रहेको दमौली अस्पतालले जनाएको छ । अहिलेसम्म डेंगुको शंका लागेर १२ जनाले रक्त परीक्षण गराएका थिए । ती मध्ये ९ जनामा संक्रमण देखिएको अस्पतालका ल्याब असिस्टेन्ट विकास पौडेलले जानकारी दिए ।
जिल्लामा आव ०७१/७२ मा तीन, ०७४/७५ मा एक र ०७५/७६ मा एक जनामा डेंगुको संक्रमण देखिएको थियो । अहिलेसम्म गण्डकी प्रदेशका ७ जिल्लामा ३ सय ३९ जनामा डेंगुको संक्रमण देखिएको छ । सबैभन्दा बढी कास्कीमा ३ सय १२ र सबैभन्दा कम पर्वत, बागलुङ, लमजुङमा २/२ जना डेंगुका बिरामी भेटिएका छन् । स्याङ्जामा र तनहुँमा ९-९, तथा गोरखामा ३ जनामा डेंगु संक्रमण देखिएको हो ।