हुन त मदिरा पिउनु रोग निम्त्याउनु हो । तैपनि आजभोलिका मानिसमा यसको सेवन फेसनैझैं बनेको छ । अनि मदिरासँग सितनका रुपमा पिनट्स, भुटेको काजु, चिप्स, पनिर वा सलाद खाने गरिन्छ । सलादसम्म त ठीकै हो तर अरूले भने स्वास्थ्य बिगार्छ । मदिरासँग के खाँदा स्वास्थ्यलाई घातक हुन्छ यसबारे जानकारी राखौं ।
- मदिरा पिउने मान्छेले मुंगफली (बदाम) वा भुटेको काजु खान्छन् । मदिरासँग यी कुरा खानु ठीक हुँदैन । यिनमा धेरै कोलेस्ट्रोल हुन्छ र यसबाट हाम्रो पाचन प्रक्रिया गडबड गराउँछ ।
- मदिरासँग कोल्ड ड्रिंक्स मिसाएर कहिल्यै पनि पिउनु हुँदैन किनकि यी दुवैले शरीरमा पानीको मात्रा घटाउँछन् । यसको साटो तपाईं रक्सीमा पानी वा बरफ हालेर पिउन सक्नुहुन्छ ।
- अधिकांशको बानी मदिरा पिउँदै चिप्स चपाउने हुन्छ । चिप्स सस्तो हुन्छ अनि स्वादिष्ट पनि । यसको स्वादमा बहकिएर मानिसले मदिरा धेरै सेवन गर्छन् । तसर्थ यो नखानु उत्तम मानिन्छ ।
- केही मानिस मदिरासँग दूधजन्य पदार्थ पिउँछन् । दही र पनिर मदिराका साथ खाँदा पाचन प्रणाली बिग्रन्छ ।
- मदिराका साथ कहिल्यै पनि मिठाई खानु हुँदैन किनकि यसले नशालाई दुई गुणा बढाइदिन्छ ।