बाबा हजुरले सिट बेल्ट बाँध्नुभयो ? अचानक को प्रश्नले म छक्क परे । हामी बाबुछोरा रातिको पार्टी सकेर घर फर्कने क्रममा थियौं । बाँधेको छु बाबु किन र मैले सोधें । अनि बाबा सवारीसाधन चलाउँदा हेडलाइट बाल्ने नियम थाह छ ? मेरो ११ वर्षीय छोराले जिज्ञासापूर्वक सोध्यो । किन छोरा मलाई उस्को प्रश्नले रमाइलो अनुभूति पनि गरायो ।
बाबा हिजो साँझ हाम्रो स्कुल बसचालक राम अंकलले मोटरसाइकल चलाउने एकजना दाइलाई कस्तो रहेछ हेड लाइट बालेर चलाएको भनेर भन्नुभयो । किन बाबा राति हेड लाइट नबाली के बालेर कुदाउने त ?
बाबु आफूले चलाएको सवारीसाधनले कोही कसैलाई पनि आँखामा पर्ने गरी बत्ती बाल्न हुँदैन । कुनै पनि सवारीसाधनले अरु सवारीसाधन, मानिस, रिक्सा आदि आउँदै गर्दा हेडलाइट बालेको रहेछ भने अगाडिको चालकले बत्तीको कारणले देख्दैन । ऊ दुर्घटनामा पर्छ । त्यसैले रातको समयमा सहर बजारमा हेडलाइट बालेर सवारीसाधन चलाउन हुन्न । त्यही भएर त्यो मोटरसाइकल चालकलाई सम्झाउनुभएको होला ।
बाबा आज दिउँसो हाम्रो स्कुलमा ट्राफिक प्रहरी अंकलहरु आउनुभएको थियो । विपिन अंकलले हामीलाई सडकमा हिडदा साइकल चलाउँदा के गर्नु हुन्छ के गर्न हुन्न भनेर सिकाउनुभयो । विपिन अंकलले सडकमा दुर्घटना हुने हुनाले सडकमा खेल्न कुदन र जथाभावी बाटो काट्न हुन्न भनेर सिकाउनुभयो र भन्नु पनि भयो । बाबा म सबै जाने जति कुरा सुनाउँछु तर गाडीमा चालकसँग बोल्न हुन्न भन्नु भएको छ घरमा गएर मामु अनि बहिनीलाई पनि सुनाउछु ल । मैले टिपेर ल्याएको छु । यो जीवन भरिको लागि बाटो काट्दा ध्यान दिनु है भन्नुभएको छ ।
घरमा पुगेपछि छोराले सबैलाई बैठकमा बोलाएर सुनायो। सडक प्रयोग गर्ने तरिकाहरु।
सुरक्षित यात्रा
१. सवारी दुर्घटना सडकमानै हुने हुँदा सडकमा सावधान रहनुहोस् ।
२. सडकछेउमा पुगेर टक्क अडिनु होस् ।
दाहिने हेर्नुहोस् । बाँया हेर्नुहोस् ।
बाटो काट्न लाग्दा पुन: दाहिने हेर्नुहोस् ।
नेपालमा रहँदा हामीलाई दुर्घटना गर्ने सवारीसाधन जहिले पनि हाम्रो दाहिने हात तर्फबाट आउने हुनाले सावधान रहनुपर्छ भन्नुभयो र सुरक्षित महसुस भएपछि मात्र बाटो काट्नुपर्छ ।
३.छोटो बाटोबाट बाटो काट्नुपर्छ ।
४. सडक प्रयोग गर्दा सुरक्षित स्थान पेटीबाट हिँडने गर्नुपर्छ।
५.आवश्यक नभई बाटो काटनुहुन्न ।
६. बाटो काटन बनाईएका Zebra cross , Overhead bridge, underground pool हरु अल्छी नमानी प्रयोग गर्नुपर्छ ।
७. सवारी साधन आउँदै गर्दा बाटो काटनुहुन्न ।
८. घुमाउरो सडक तथा मोडहरु नजिक बाट बाटो काटनुहुन्न ।
९. सवारी साधन रोकिन समय लाग्छ । रोकिन लाग्ने समयमा बाटो काट्दा दुर्घटनामा परिन्छ ।
१०. दोहोरो सवारी साधन चल्ने सडकमा हिँड्दा दाहिने तर्फबाट हिंडने गर्नुहोस् । हामी अहिलेसम्म सडकमा बायाँ पट्टीबाट हिँड्ने गरेका थियौं । सबैले यसो पो गर्नुपर्ने रहेछ भनेर सोच्यौं ।
११. सवारी साधन चल्ने सडकमा खेल्न, दौडन हुँदैन ।
१२. सडकमा हिँडदा एकपछि अर्को गरी ताँतीमा हिँडनुपर्छ । यसरी हिँड्दा बाटो कम ढाकिनाले दुर्घटनामा परिन्न ।
१३.साना केटाकेटी लिई सडकमा दाहिनेपट्टिबाट हिँड्दा दाहिने हातले र बाँयाबाट हिँड्दा बाँया हातले समाएर हिँड्ने गर्नुपर्छ ल मामु बहिनीलाई त्यसरीनै लानु ल ।
हामी हास्यौ।
नानीहरू लाई सडकपट्टी नहिँडाउनु भन्नुभयो ।
१४. छाता ओढ्दा र पानी परेको समयमा पानी बर्षादी लगाउदा आँखा नछेकिने गरी लगाउनुपर्छ ।
१५. साइकल चालकले पैदलयात्री तथा सवारी चालकले सडकमा पालना गर्नु पर्ने दुबै नियमको पालना गर्नुपर्छ भन्नुभयो । उसले हामीलाई विचार गरेर हेर्यो मेरो कुरा सुनेका छन छैनन भनेर।
बहिनीले भनि दादा यति नै ?
छोराले आफ्नो कापी हेरेर फेरि भन्यो
१६. आफूभन्दा बढी वजन भएको व्यक्तिलाई साइकलमा बोक्न हुँदैन ।
१७. साइकल चलाउँदा हात छाड्ने, बढी गतिमा चलाउने तथा दुई सवारीसाधन बीचबाट कुदाउन हुँदैन ।
१८. साइकलको ब्रेक घण्टी र नटहरु समय समयमा चेक गर्नुपर्छ ।
२०.रातको समयमा साइकल चलाउँदा उज्यालो देखिने खालको कपडा प्रयोग गर्नुपर्छ ।
आजको दिन कति रमाइलो भयो। ट्राफिक प्रहरी अंकलहरु त कति राम्रो हुनु हुँदो रहेछ। म त सधैं ट्राफिक नियमको पालना गर्छु । यो त आफ्नो सुरक्षाको विषय हो नि ।