प्रदेश २ सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै आर्थिम मामिला तथा योजनामन्त्री विजय कुमार यादवले चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगत तर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजारको बजेट प्रस्तुत गरेका हुन् । सरकारले प्रदेशसभा सदस्य निर्वाचन विकासक्षेत्र कार्यक्रमलाई निरन्तरता दिँदै २ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ । कृषि क्षेत्रमा प्राथमिकता दिँदै सरकारले मझौला तथा अन्य सिँचाई आयोजनकालगि रु. १ अर्ब ११ करोड विनियोजन गरेको छ । जनता आवास कार्यक्रमलाई समेत निरन्तरता दिँदै प्रदेश सरकारले रु.१ अर्ब ३८ करोड ७० लाख विनियोजन गरेको हो । यस्तै प्रादेशिक सडक विस्तारकालािग ७२ करोड रुपैँया छुटयाएको छ ।
प्रादेशिक सडक बनाउने कार्यलाई प्राथमिकतामा राख्दै सरकारले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक बृद्धिदर रहने अनुमान गरेको छ । सरकारले प्रदेशमा २०० मेगावाट सौर्या उर्जा स्थापनाकालागि सम्भाव्यता अध्ययनकालागि १ करोड रकम विनियोजन गरिएको हो । सप्तरीदेखि पर्सासम्म २ सय ५० किलोमिटरको सडकलाई सरकारले मधेसी सहिद मार्ग नामाकरण गर्नेछ । मठ मन्दिर र गुम्बा संरक्षणकालािग सरकारले ४० करोड रकम विनियोजन गरेको छ । चुरे क्षेत्रमा पुनरभरणकालािग ५ करोड रुपैँया विनियोजन गएिको छ ।
जनकपुर अञ्चल अस्पताललाई प्रदेश नमुना अस्पतालको रुपमा विकास गर्न सरकारले २३ करोड रकम विनियोजन गरेको हो । महिला तथा बालबालिकालागि पोषणकालागि सरकारले २९ करोड रकम छुटयाएको छ भने परिवार नियोजन तथा आङ खस्ने समस्याका बारे जनचेतना अभियानका लागि १६ करोड ५ लाख १४ हजार रकम विनियोजन गरेको छ ।
बेटी पढाउ बेटी बचाउ अभियानलाई निरन्तरता दिँदै सरकारले ३९ करोड ३५ लाख रकम विनियोजन गरेको छ । दलित तथा विपन्न बालबालिकाका लागि प्रत्येक महिना ५०० रुपैँया हिसाँबले ४८ करोड रकम विनियोजन गरिएको छ । प्रदेश रेडियो तथा मुद्रणकालािग ४ करोड ९० लाख रकम छुटयाइएको छ । मुख्यमन्त्री स्वच्छता अभियानलाई निरन्तरता दिँदै ३१ करोड ३५ लाख रकम विनियोजन गरिएको छ । सामुदायिक विद्यालयमा बालिकामैत्री शौचालय निर्माण गर्न सरकारले ५ करोड रकम विनियोजन गरेको छ भने घुम्ती शौचालय सेवाकालािग ५० लाख रकम छुटयाएको छ ।
प्रधानमन्त्री कृषि योजना प्रदेश मार्फत सञ्चालनकालािग ४९ करोड रकम विनियोजन गरिएको छ भने कृषि उपज भण्डारणकालािग सरकारले प्रत्येक जिल्लामा ४० करोड रकम विनियोजन गरेको हो ।