जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) अर्जुन प्रसाद सुवेदी समेत ६ जना उपर मुद्दा दायर गरिएको छ ।
आर्थिक वर्ष २०७४/२०७५ मा विद्युतीय सामग्रीहरू खरिद गर्दा सत्या इन्टरप्राइजेजका प्रोप्राइटर मनिष कुमार मिश्रसँग सुवेदीले मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
जिल्लाले निर्धारण गरेको दररेटभन्दा ११ लाख ३७ हजार ४ सय ३५ रुपैँया बढी मूल्यमा विद्युतीय समाग्री खरिद गरेको भन्दै अख्तियारले उपसचिव सुवेदी, उपसचिव मदन घिमिरे ,शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी र नायव सुव्बा अव्दुल जव्वारमाथि मुद्दा दायर गरेको हो ।
उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुवेदी समेतका व्यक्तिहरुले प्रोप्राइटर मिश्रसँग एकआपसमा मिलेमतो गरी खरिदसम्बन्धी कोटेसन माग गरी सत्या इन्टरप्राइजेज समेतका तीनवटा फर्मको नाममा मिलेमतो गरी एउटै व्यक्तिको हस्तलिपीबाट दररेट पेश गर्न लगाएको, सत्या ईन्टरप्रेईजेजको दररेट स्वीकृत गरी प्रतिस्पर्धालाई सीमित हुने गरी टुक्रा टुक्रा पारेको, सत्या इन्टरप्राइजेजसँग एक आर्थिक वर्षमा पटक–पटक सीमाभन्दा बढी मूल्यमा स्वीकृत दररेटभन्दा बढी प्रकारका विद्युतीय सामग्रीहरू खरिद गरेको, जिल्लाले निर्धारण गरेको दररेटभन्दा बढी मूल्यमा खरिद गरेका सामग्रीहरूको कागजातहरूको आधारमा भुक्तानी दिएको आरोप छ ।
प्रोप्राइटर मिश्र सहित उनीहरुलाई जनही विगो रू. ११ लाख ३५ हजार ४ सय एघार रूपैयाँ सन्ताउन्न पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय गरी बिगोसमेत असुलउपर हुन मागदाबी लिइएको छ ।
र याे पनि
जनकपुरमा ‘झिलीमिली’ भ्रष्टाचार ,राजपा धनुषाका सचिव भन्छन्–मेयर साहले लुटतन्त्र मच्चाएका छन्