नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नै पार्टीका सभापतिलाई आलोचना गर्न छोडेर सरकारको गलत क्रियाकलापको विरोध गर्न पार्टीका नेताकार्यकर्तालाई आह्वान गरेका छन्।
नेपाल महिला संघ धनुषाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा उपसभापति निधिले सरकारको कमिकमजोरीको आलोचना गर्नुपर्ने बेला आफ्नै सभापतिको आलोचना गर्नु दुःखद रहेको बताएका हुन्।
कांग्रेसका वरिष्ठ नेताहरुले निरन्तर पार्टी सभापति शेरबहादुर देउवालाई आलोचना गरिरहेको बेला उनले पार्टीभित्र असन्तुष्टि भए बसेर छलफल गर्न आग्रह गरे। ‘एक अर्काप्रति इष्र्या र डाह गरेर पार्टीलाई कमजोर बनाउने काम नगरौँ, केही असन्तुष्टि भए बसेर छलफल गरौँ,’ उनले भने, आलोचना गर्न हामीले पनि जानेका छौं।’
निधिले बलात्कार, हत्याजस्ता घटनाका अपराधीहरुलाई कानुनी दायरामा ल्याउन सरकार असफल भएको आरोप लगाए।