हेटौँडास्थित एक गेस्ट हाउस परिसरमा शनिबार बिहान युवक मृत फेला परेका छन्।
कैलाश गाउँपालिका उनी हेटौँडा १० बसपार्कस्थित रत्न होटलमा बास बस्न गएका थिए। बिहान २ बजेतिर छतबाट खसेको अबस्थामा उनी भेटिएको बताइएको छ।वडा नं ३ कालिकाटारका युवक श्रीदास रिजालको मृत्यु भएको हो।
उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो। भेटिए लगत्तै अस्पताल लगिए पनि मृत घोषित गरिएको थियो।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
कतिपयले उनको हत्या भएको अनुमान गरे पनि प्रहरीले अनुसन्धान जारी राखेको मकवानपुर प्रहरी प्रबक्ता डिएपी यज्ञप्रसाद भट्टराईले बताए। यातायात व्यवसायमा संलग्न रिजाल कैलाश गाउँपालिकाका चर्चित युवा थिए।