आफनो जातीलाई पनि आदिवासी जनजातीमा सूुचिकृत गर्न लोहरा कर्मकार समाजले माग गरेको छ ।
मोरङको रंगेलीमा आज आयोजित कर्मकार समुदायको आमसभामा सहभागी वक्ताहरुले कर्मकार समुुदाय राज्यको हरेकक्षेत्रमा पछाडि परेको भन्दै जातिय पहचानका लागि आफनो समुुदायलाई आदिवासी जनजातीमा समेटन माग गरेका छन् ।
कर्माकार समाजका केन्द्रीय अध्यक्ष इन्द्रजित कर्माकारले अल्पसंख्यका समुुदायको सूुचिकृतमा रहेको कर्मकारलाई आदिवासी जनजातीमा सूुचिकृत गर्नुुपर्ने बताए। कार्यक्रमा वोल्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुुमार लिङदेलले कर्मकार समुुदायको आफनै पहचान भएको बताए । उनले कर्मकार समुुदाय अधिकारका लागी एक जुुट हुुनुुपर्नेमा जोड दिए ।
आदिवासी जनजाती महासंघका पूुर्वमहासचिव आङकाजी सेर्पाले , कर्मकार समुुुदायलाई आदिवासी जनजातीमा सूचिकृत गर्न महासंघको सक्दो सहयोग रहने बताए।
कार्यक्रममा मोरङ , सुुनसरी तथा झापा जिल्ला लगायत भारतको झारखण्डका कर्मकार समुुदायको समेत सहभागिता रहेको थियो । नेपालको मोरङ, सुुनसरी तथा झापा जिल्लमा वस्दै आएको कर्मकार जातीको ४५ हजार जनशख्या रहेको छ ।