दुवै मृगौलाले कामगर्न छाडेसंगै स्वास्थयमा गम्भीर असर पर्न थालेपछि विराटनगर –१३ निवासी २५ बर्षीया पार्वती पार्खिन तामाङको जीवन रक्षाको याचना गरिएको छ ।
आमा धनमाया तामाङले विराटनगरमा आज पत्रकार सम्मेलनगरी छोरीको जीवन रक्षाको याचना गरेकी हुन् । छोरीले दुुर्व मृगौला गुुमाएपछि गरिबीका कारण उपचारमा समस्या भएको भन्दै छोरीको जिवन वचाउन आमा धनमायाले सवैसंग आग्रह समेत गरेकी छिन्।
धनमायाको श्रीमानको १२ वर्ष अघि मृत्युु भएको थियो । उनका श्रीमानले रिक्सा चलाएर परिवारको गुुजारा चलाउदै आएका थिए । त्यो साहारा खोसिएपछि पार्वतीको दिदीले घरघरमा काम गरेर परिवार चलाउदै आएकी थिइन् । आफू छोरीको हेरचाहमा लागेपछि जेठीछोरीले अरुको घरमा काम गरेर परिवार धान्दै आएको धनमायाको भनाई छ ।
पार्वती पहिले युुएनडिपिमा भान्सेको रुपमा काम गर्थिन । एकवर्ष देखी दुवै मृगौला गुुमाएकी पार्वतीको विराटनगर स्थित कोशी अन्चल अस्पतालमा डायलासिस भइरहेको छ । डायलासिस निशुुल्क भएपनि औषधिकालागी पैसा लाग्ने गरेको आमा धनमाया भनाई छ । रगत किन्न, औषधि किन्न साथै विरामीको उपचारमा मासिक २० हजारभन्दा वढि रकम लाग्ने भएपनि अहिलेसम्म सहयोग नपाएको गुुनासो उहाको छ । पत्रकार सम्मेलनमा आमा धनमायाले छोरीको जिवन रक्षाका लागी सवैसंग सहयोगका लागि अपिल गरिन् ।
उनकी आमाले उनलाई मृगौला दिने भनिए पनि आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएको हो । उनलाई अहिले सहयोगी मनहरुको आवश्यकता छ । सो परिवारले एनआईसी एसिया वैंकमा पार्वतीको उपचारमा सहयोग जुुटाउन ८७०२८२७४८५२४०१ नं को खाता खोलेको र त्यसका लागि सहयोग गर्न आग्रह समेत गरिएको छ ।