जनकपुरमा ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल जलेर नष्ट भएको छ।
जनकपुर उपमहानगरपालिका–२ कदमचोकस्थित बिहीवार विहान करिब २ बजे ८ वटा सिलिण्डर विस्फोट भएको हो। विसस्फोटबाट गोबिन्द मिस्टान भण्डार, सियाराम मिष्टान भण्डार र छेउमै रहेको अर्को होटेल जलेर नष्ट भएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताए।
होटेलमा भएको विस्फोटबाट ३२ लाख ८ हजार मूल्य बराबरको समान जलेर नष्ट भएको प्रहरी उपरिक्षक खनालले जानकारी दिए। विष्फेटमा भने मानवीय क्षती भएको छैन्।
एउटा होटेलमा आगलागी भएर ग्यास सिलिण्डर विस्फोट हुँदा तिनवटै होटेल जलेर नष्ट भएको स्थानीयहरुको भनाइ छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक खनालले बताए।