धनुषामा श्रीमतीलाई हत्या गरी फरार रहेका एक अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शहीदनगर नगरपालिका १ बस्ने २५ वर्षका रामशुन्दर यादव रहेको प्रहरीले जनाएको छ । यादवले ३ वर्षअघि रातिको समयमा श्रीमती मधुदेवी यादवलाई कुटपिट गरी घाँटी थिचेर हत्या गरी फरार भएका थिए ।
लुकीछिपी बस्दै आएका उनलाई ईलाका प्रहरी कार्यालय सबैलाको टोलीले धनुषाको जनकनन्दनी गाउँपालिका १ नेपाल भारतको सीमाना नजिकबाट पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । हाल उनलाई कर्तव्य ज्यान सम्बन्धि कसुरमा धनुषा जिल्ला अदालतबाट कानून बमोजिम म्याद थप गरी अनुसन्धान भईरहेको जनाएको छ ।