सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका सरोज महतोलाई अविलम्ब शहीद घोषणा गरी पिडित परिवारलाई उचित क्षतिपुर्ती दिन राजनीतिक दलहरुले माग गरेका छन् ।
गोली काण्डप्रति दुःख व्यक्त गर्दै विभिन्न राजनीतिक दलहरुले घटनामा संलग्न प्रहरीलाई कडा कारबाही गर्न समेत माग गरेका हुन् । सोमबार विभित्र राजनीतिक दल, सांसद, उद्योग वाणिज्य संघलगायतका संघ संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गर्दै प्रर्दशनकारीमाथि गोली चलाउने प्रहरीमाथि कारबाही गर्न माग गरेका हुन् ।
जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष मेथुर चौधरीको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले घटनामा स्थानीय प्रहरी प्रशासनको गैर जिम्मेवारीपूर्ण रवैया देखिएको निष्कर्ष निकालेको छ ।
‘नियतवस बर्बतापूर्ण तरिकालेल टाउकोमा ताकी गोली प्रहार भएको स्पष्ट देखिएको हुँदा प्रहरी प्रशासनको निन्दनीय कार्यप्रति घोर भत्र्सना गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न जोडदार माग गर्दछौं,’ संयुक्त वक्तव्यमा भनिएको छ ।
मअवैध उत्खनन्का कारण बनेको खाल्डोमा डुबेर शनिबार १२ वर्षीय अमित रायको मृत्यु भएपछि पीडित परिवारलाई क्षतिपूर्ति र अवैध उत्खनन् बन्द हुनुपर्ने माग राख्दै राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेको बेला प्रहरीको गोली लागि सरोज सिंह (देवन) को घटनास्थलमै मृत्यु भएको थियो । दोहरो झडपमा प्रहरीसहित ११ जना घाइते भएका छन् ।
बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद नागेन्द्र कुमार, राजपाका प्रतिनिधिसभा सांसद प्रमोद साह, प्रदेशसभा सदस्य उपेन्द्र महतो, कौडेना गाउँपालिका अध्यक्ष रामप्रसाद राय, समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष धिरेन्द्रकुमार राय, राजपा जिल्ला अध्यक्ष नागेश्वर महतो, उद्योग वाणिज्य संघ मलंगवाका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र साहलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यस्ताे छ विज्ञप्ति: