धनुषामा एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । सबैला नगरपालिका–८ ठिल्लामा सोमवार राति १४ वर्षीया बालिकामाथि बलात्कार भएको हो ।
राति करिब १० बजे पानी खान कोठाबाट निस्केकी बालिकालाई मोटरसाइकलमा आएका दुइजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुबैजनाले बालिकालाई मोटरसाइकलमा अपहरण गरी घरभन्दा करिब १ किलोमिटर पर लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारको आरोपमा स्थानीय दुइजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३० वर्षीय मबिक राइन र ३६ वर्षीय मजिवुल राइन रहेको प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
मदिरा सेवन गरी बलात्कार गरेका दुबैजनालाई बुधवार विहान घरबाटै प्रहरीले पक्राउ गरेको हो । दुबैजनामाथि जबर्जस्ती करणी मुद्दा दायर गरी घटना समबन्धमा थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक कार्कीले बताए ।