तीन दिनदेखिको अविरल वर्षाले धनुषाका अधिकांस गाउँ डुबानमा परेको छ । लगातारको वर्षाले गाउँका अधिकांस सडकमा पानी जमेकाले आवत जावतमा कठिनाई भएको छ । वर्षाले धनुषामा ७ वटा घर समेत भत्किएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
वर्षाले करिब लाखौ मुल्य बराबरको धनमालको क्षति भएको धनुषाका प्रहरी उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । हंसपुर नगरपालिका–३ कठपुल्ला बस्ने अनुपलाल राउतको कच्ची घर भत्किदा १ लाख २५ हजार बराबरको क्षति भएको छ । हंसपुरकै कुमाल टोलका कुमोद मलिकका घर भत्किदा १ लख ३० हजार रुपैँया बरारको क्षति भएको प्रहरीले जनाएको छ ।
धनुषाधाम नगरपालिका–६ आनन्द टोस बस्ने रामजी यादवको घर भत्किदा १ लाखको क्षति भएको छ भने सोही स्थानकै सुरेश साहको कच्ची घर भत्किदा १ लाख २५ हजारको क्षति भएको हो । धनुषाधाकै भग्वानपुर टोल बस्ने मुनिया सदाको कच्ची घर भत्किदा ४० हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ । मिथिला विहारी नगरपालिका–१ भुतही पटेर्वा बस्ते लखन दासको भर भत्किदा २० हजार बराबरको क्षति भएको हो । यस्तै कमला नगरपालिका ६ बस्ने विरेन्द्र महतोको घर भत्किदा १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जनकपुर
उपमहानगरपालिका–४ कदमचोक बस्ने पल्टु महतोको किराना पसलमा पानी पसेपछि ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । वर्षाको पानी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा समेत पसेको छ । कार्यालय भित्र पानी पसेपछि दुइवटा कम्पयुटर र एउटा साउण्ड बिग्रेको प्रहरी नायव उपरिक्षक कार्कीले जनाए ।