धर्नामा बसेका अस्थायी शिक्षकहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ। बुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि चक्काम गर्न पुगेका आन्दोलनरत अस्थायी शिक्षकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो।
चक्काजाम गर्ने क्रममा प्रहरी र आन्दोलनरत शिक्षकहरुबीच सामान्य झडप समेत भएको छ। झडपका क्रममा प्रहरीमाथि हातपात गरेको भन्दै ७ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शशिकला भट्टराई, जुरनी मण्डल, रेखा कापड, किरण यादव, मुकेश तिवारी, आनन्द चौरसिया, सलिम अन्सारी रहेको प्रहरीले जनाएको छ।
पुर्ववत रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधी उपचारको व्यवस्थाको माग गर्दै अस्थायी शिक्षकहरु असार १९ गतेदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्नामा बसेका छन्। शिक्षक सेवा आयोगको परीक्षामा अनुतीर्ण भएपछि प्रदेश २ का करिव १ हजार २ सय शिक्षक बेरोजगार भएका छन्।