जनकपुरमा युवाहरुले समान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुतला दहन गर्दै प्रदर्शन गरेका छन् । लोक सेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन संविधान विपरित असमावेसी रहेको भन्दै विज्ञापन खारेजीको माग गर्दै शुक्रवार युवाहरुले प्रदर्शन गरेका हुन् ।
लोकसेवाको विज्ञापन फिर्ता गर, लोकसेवा आयोग मुर्दावाद, समान्य प्रशासन मन्त्री मुर्दवाद, लोकसेवा आयोगका प्रमुख मुर्दावाद लगायतको नाराबाजी गर्दै युवाहरुल्े विरोध प्रर्दशन गरेका छन् । प्रदर्शनको क्रममा प्रदर्शनकारी युवा र प्रहरी बिच घम्साघम्सी समेत भएको छ । प्रदर्शनमा उत्रेका करिब एकदर्ज प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनमा आरक्षण कटौती गरेको, मधेशी, थारु, जनजाती लगायतलाई उपेक्षित गरेको भन्दै विभिन्न पार्टीका भातृ संगठन, तराई मधेश राष्ट्रिय परिषद, आदिवासी जनजाति महासंघ, दलित, मुश्लिम लगायतका संघसंस्थाहरूको साझा मोर्चाहरुले ‘आरक्षण बचाउ आन्दोलन’ मूल नारा दिएर प्रदर्शन गरेको हुन् ।