वृक्षरोपण गरी नेपाली काँग्रेस धनुषाले ३७ औँ विपी स्मृति दिवस मनाएको छ । प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको स्मृतिमा काँग्रेसले नगराइन नगरपालिका र लक्षमिनिया गाउँपालिकामा वृक्षारोपन गरेको हो । पूर्वखानेपानीमन्त्री समेत रहेका काँग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवको प्रमुख आतिथ्यमा लक्ष्मिनिया गाउँपालिका–५ बनिनियामा ५० वटा आँपको बोट रोपिएको छ ।
वडा कार्यालयले आयोजना गरेको वृक्षा रोपन कार्यक्रममा काँग्रेस धनुषाका उपसभापति सन्तोष यादव, कोमलकान्त झा लगायतका नेताहरु सहभागी थिए । नगराइन नगरपालिका वडा नम्बर २ मा समेत काँग्रेसले वृक्षारोपन गरी वीपी स्मृती दिवस मनाएको छ । धनुषा काँग्रेसको अयोजनामा नगराईन नगरपालिका–२ मा ३० वटा विरुवा रोपिएको हो ।
पूर्वमन्त्री रामकृष्ण यादवको प्रमुख आतिथ्यमा भएको वृक्षारोपन कार्यक्रममा जिल्ला सभापति महेश शंकर गिरी, समृती नरायण चौधरी, कन्हैया कर्ण, मनोज साह, सुजित मिश्र लगायतका नेताहरु सहभागी थिए ।