कपिलवस्तु जिल्लाको कृष्णनगरबाट लागुऔषध चरेशसहित एक महिला पक्राउ परेकी छन्।
इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बिओपी कृष्णनगरको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा ४ किलो लागु औषध चरेशसहित कृष्णनगर बसपर्कबाट पक्राउ गरेको हो।
कृष्णनगर बसपार्कदेखि भारततर्फ पैदल जादै गरेकी रोल्पा परिवर्तित गाउँपालिका वडा नं. २ राङ्सी बस्ने ३४ बर्षीया पुर्णिमा घर्तिमगरलाई शंका लागि चेक जाँच गर्ने क्रममा पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
ती महिलाले लगाएको सुरुवालभित्र एङलेड (निक्याप)मा राखी सोही एङलेड (निक्याप) मा लुकाई छिपाई प्लाष्टिकले बेरी राखेको अबस्थामा ८ प्याकेट बरामद गरिएको हो। पक्राउ परेकी महिलालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।