कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी छ,जसका कारण कुनै मानवीय क्रियाकलाप सौहार्द रुपमा सुचारु हुन सकेको छैन्। दिनमा काम गरेर साँझ छाक टार्ने अति विपन्न परिवारमा चुलो बोल्न छाड्दै गएको छ। रोगले भन्दा पनि भोकका कारण विपन्न परिवारले अकालमा ज्यान गुमाउनुपर्ने त होइन भन्ने चिन्ता सर्वत्र छ।
दाङका विभिन्न स्थानीय तहमा अति विपन्न परिवारले खाद्यान्नको याचना गर्न थालिसकेका छन्। सरकार यसप्रति संवेदनशील बन्न नसक्दा भोकले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुन थालिसकेको छ।
यसैबीच, विगत लामो समयदेखि जापान रहदै आएका प्रदेश ५ को राजधानी स्थित राप्ती गाउँपालिका वार्ड नं. १ निवासी दिलबहादुर बस्नेतले भालुबाङ स्थित पुरानो बजार क्षेत्रका अतिविपन्न ७० घर–परिवारलाइ राहत स्वरुप खाद्यन्न वितरण गरेका छन्।
“सेवा नै धर्म,बुझ्नुपर्छ गरिबको मर्म” भन्ने सोचका साथ आफनै खर्चमा अतिविपन्न परिवारलाई चामल, दाल, तेल, स्वयाविन, साबुन, मास्क र सेनिटाइजर लगायत प्रतिघर रु.२ हजार २ सय मुल्य बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको बस्नेतले बताए।