हिउँदे बालि लगाउने सिजन सुरू भएपनि मोरङका किसानले मागअनुसार मल पाउन सकेका छैनन् । गहुु मकै लगायत हिउदेवालीको सिजन शुुरु भएपनि रासायनिक मलको अभावका कारण किसान चिन्तित भएका छन् । स्थानीय सहकारी तथा विराटनगर स्थित कृषि सामाग्री कम्पनीवाट माग अनुुसारको मल नपाएको गुुनासो किसानको रहेको छ ।
धानवाली भित्राइसकेका किसानहरू मकैका लागि मलको जोहो गर्न यतिवेला व्यस्थछन् । मल नपाउदा समस्यामा परेको धनपालथान —१ का किसान वलदेव साहले बताए ।‘मल माग्न स्थानिय सहकारी देखि कृषि सामाग्री कम्पनीसम्म पुगिसकें तर, आबश्यकता अनुसार मल पाइएन उनले भने तत्कालै ४ वोरा मल आबश्यक परेपनि डेढ बाेरा भन्दा बढी मल पाइदैन ।
सोही ठाउँका अर्का किसान गयानन्द मण्डल पनि मल नपाएर चिन्तित छन् । गत वर्ष प्रति कट्टा १० मन सम्म मकै फलाएका मण्डलले यो वर्ष मकै वाली थप विस्तार गर्ने योजना बनाएको र मलको अभावमा योजना अन्योलमा देख्छुु उनले भने ।
केहि वर्ष पहिले उखु खेति गर्दै आएका धनपालथानथान गाउँपालिकाका किसान उखु मिलले पैसा नदिए पछि मकै खेतितर्फ आकर्षित भएका छन् । किसानहरूका अनुसार उखुमा जस्तो मकै बिक्रि गर्न र पैसा लिन मुस्किल छैन ।
मकै किन्न व्यापारीहरू घरमै आइपुग्छन् । यतिमात्रै हैन मकैको मूल्य पनि राम्रो छ । मकै प्रति क्वीन्टल १ हजार ८ सय देखि २ हजार रुपैयाँमा घरैबाट बिक्रि हुन्छ । कृषिमा यान्त्रीकरणसंगै मकै खेति गर्न किसानलाई सहज पनि बन्दै गएको छ ।
पहिलेजस्तो मकै खेतिमा झमेला नरहेको किसान अताउर अहमानले बताए । उनका अनुसार खेत जोत्ने देखि बालि भित्राउनेसम्मका काममा कृषि यन्त्र उपलब्ध छन् । धेरैजसो काम कृषि यन्त्रले नै गर्ने भएका कारण किसानलाई बालि लगाउन र भित्राउन सजिलो भएको छ । उनले रासायनिक मल र उन्नतजातको वीउको अभाव किसानहरूका लागि टाउको दुखाइ बनेको बताए ।
केहि वर्ष पहिलेसम्म मोरङका दक्षिणी भेगका किसानहरू मल र वीउका लागि सीमावर्ती भारतिय वजारमा निर्भर रहदै आएका थिए । भारतबाट मल वीउ ल्याउन सहज थियो । नेपाल भारत सिमामा सुरक्षाकर्मीहरूले कडाइ गरेका कारण भारतबाट पनि मल वीउ ल्याउन सक्ने अवस्थामा नरहेको किसान हरिलाल साहले बताए ।
नेपालमा वार्षिक ७ लाख मेट्रिकटन मल आबश्यक पर्ने कृषि मन्त्रालयले प्रक्षपण गरे पनि हाल करिब ३ लाख मेट्रिकटन मात्रै मल आयात भइरहेको छ ।
माग भन्दा न्यून आयात र बढ्दो खपतले किसानले प्रयाप्त मल नपाउने समस्या देखा परेको हो । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरको तथ्याङक अनुसार पूर्वी नाकाबाट आर्थिक वर्ष ०७३/७४मा ७४ करोड ३३ लाख ७ हजार रुपैया“को मल आयात भएको थियो । आर्थिक वर्ष ०७४/७५मा अघिल्लो वर्षको तुलनामा आयात उच्च दरले बढेर १० अर्ब ८३ करोड ७४ लाख रुपैयाको मल आयात भएको कार्यालयले जनाएको छ ।