केहिदिन अघि चितवनका किसान पूरन महतोले आफ्नो बन्दाकाेपीले उचित बजारभाउ नपाएको भन्दै डोजर लगाएको समाचार सार्वजनिक भयो । यो समाचार सुनेर बुटवलको एक विद्यालयका विद्यार्थीहरुले किसानको यो पिडादायी अवस्थामा थोरै भएपनि मलम लगाउने प्रयत्न गरे ।
उनीहरुले ति किसानलाई आफ्नो उत्पादन खरिद गरिदिने सन्देश पढाए । बुटवलको दीप वोडिङ स्कुलका शिक्षक तथा विद्यार्थीहरुको यो खबर सुनेपछि उत्साहित हुदै ति किसान करिव ५० क्विण्टल गोपी गाडिमा राखेर सोमबार बुटवल आईपुगे । उनको उत्पादनको उचित मुल्य प्रदान गर्दै सो विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले बन्दागोपी आ आफ्नो घरमा लगेका छन् । विद्यालयमा रहेका करिव २ हजार विद्यार्थीहरु मध्ये कक्षा ४ देखि माथीका विद्यार्थी प्रतेकले एक एक थान काेपी घरमा लगेका छन् ।
डोजर लगाएर खेर गएको आफ्नो काेपीलाई विद्यार्थीहरुले सामुहिक रुपमा खरिद गरिदिए पछि किसान महतो दंग बनेका थिए । उनले खेर गएको बन्दाकाेपी विद्यार्थीहरुलाई वेचेर २० हजार बन्दा वढि रकम संकलन गरेको पनि जानकारी दिए ।विद्यालयमा रहेको नेपाल युवा रेडक्रस सर्कल तथा इन्ट्रयाक्ट क्लव अफ दीप बोर्डिङ हाई स्कूलका विद्यार्थीहरूको पहलमा किसानललाई आफ्नो उत्पादन सहित विद्यालयमा वोलाईएको थियो । यति मात्र होइृन ति किसानलाई सम्मान समेत गरिएको थियो ।
देशमा दिनप्रतिदिन कृषिजन्य समाग्रीमा पनि परनिर्भर भैरहेको सन्द्रभमा यस्ता किसानहरुलाई थप उत्साहित गर्न आवश्यक रहेको विद्यालयको भनाई रहेको छ।विद्यार्थीहरूले उक्त संस्थाका कृषक पूरन महतोद्वारा उत्पादित करिव ५० क्विण्टल बन्दाकाेपी विक्री वितरणको व्यवस्थापन गरी कृषक महतोलाई उत्साहित गरेका छन् ।
कृषक महतोले राष्ट्रले दिन नसकेको सम्मान विद्यालयले दिएकोमा खुसी लागेको भन्दै आभार व्यक्त गरे । उनले विद्यालयले उदाहरणीय कार्य गरेर समाज तथा राष्ट्रलाई कृषक तथा कृषि उत्पादनको सम्मान गर्दै स्वदेशी उत्पादनमा रमाउनु पर्ने सन्देश दिएको उल्लेख गरे ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले समाज र राष्ट्रलाई कृषि उत्पादनमा अभिप्रेरित गर्न र कृषकहरूलाई उत्साहित गराउनका लागि यस प्रकारको कार्यक्रम गरिएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र ध्वजूले विद्यालयका तर्पmबाट गरिएको कृषक सम्मान कार्यक्रमले विद्यार्थीहरूमा उत्पे्ररणा जगाउने र कृषकलाई प्रोत्साहान मिल्ने विश्वास व्यक्त गरे ।