च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ।
युईएफएले शुक्रबार साँझ सार्वजनिक गरेकाे ड्र अनुसार क्वाटर फाइनलमा इटालियन क्लब युभेन्टसले अजाक्सको सामना गर्ने भएको छ। युभेन्टस स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो भने अजाक्सले डिफेन्डिङ च्याम्पियन रियल मड्रिडलाई हराएको थियो।
यस्तै, क्वाटरफाइनल खेलमा बार्सिलोनाले इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडको सामना गर्दा इंग्लिस क्लब म्यानचेस्टर सिटीले अर्को इंग्लिस क्लब टोटनह्यामको सामना गर्ने छ। बार्सिलाेना लियोनमाथि सहज जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएकाे थियाे भने म्यानचेष्टर युनाइटेडले फ्रेन्च क्लब पीएसजीमाथि सनसनीपूर्ण नतिजा निकाल्दै क्वाटरफाइनल पुगेकाे टोली हाे।
इंग्लिस क्लब म्यानचेष्टर सिटीले साल्केमाथि फराकिलाे जित दर्ता गरेकाे थियाे भने टोटनह्यामले जर्मन क्लव बाेरूसिया डर्टमन्डमाथि जित निकाल्दै क्वाटरफाइनल प्रवेशको ढोका खाेलेकाे थियाे। अघिल्लो वर्ष उपविजेतामा सीमित लिभरपुलले भने पोर्चुगिस् क्लब पोर्टोको सामना गर्नेछ।
क्वाटरफाइनल प्रवेशका लागि लिभरपुलले वार्यन म्युनिखमाथि जित निकाल्दा पाेर्चुगिस क्लबले रोमामाथि जित निकालेकाे थियो। क्वाटरफाइनलको पहिलो लेग अप्रिल ९ र दोस्रो लेग अप्रिल १६ तारिखमा हुनेछ।