इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा टुंगिएको छ। गएराति भएको खेलमा लिभरपुललाई म्यानचेस्टर सिटीले २–१ ले हराएको हो। खेलमा सिटीका लागि सर्जियो अगुएरो र लेरोए सानेले एक–एक गोल गरे।
लिभरपुलका रोबर्टो फर्मिनोले एक गोल फर्काए। जितसँगै म्यान्चेस्टर सिटीले लिभरपुलसँगको अन्तर चार अंकमा झारेको छ। लिभरपुलको २१ खेलबाट ५४ अंक छ भने सिटी ५० अंकका साथ दोस्रो स्थानमा छ।
तेस्रो स्थानको टोटनह्याम हट्सपरको ४८ अंक छ। ४४ अंकका साथ चेल्सी चौथो, ४१ अंकका साथ आर्सनल पाँचौ तथा ३८ अंकका साथ म्यान्चेस्टर युनाईटेड छैटौं स्थानमा छन्।