काठमाडौं । राजधानीबाट नजिकको जुगल हिमाल आरोहण पहिलोपटक खुला गरिएको छ ।
काठमाडौँबाट १४५ किमि दूरीमा रहेको जुगल आरोहण खुलासँगै शुक्रबार आरोही दल त्यसतर्फ जाने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सिन्धुपाल्चोक जिल्लामा पर्ने जुगल समुद्री सतहबाट ६ हजार १ सय ५१ मिटर उचाइमा छ ।
प्रदेश ३ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जुगल गाउँपालिकाको कार्यालयले आरोहण तथा अध्ययनका लागि सहयोग गर्ने जनाएको छ । एउटा आरोहणको नेतृत्व सगरमाथा आरोही माया गुरुङ र अर्को माधव सापकोटाले नेतृत्व गर्नेछन् ।