। सुर्खेत उद्योग वाणिज्य संघमा धनबहादुर रावतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सोमवार राती सम्पन्न मतगणनामा लोकतान्त्रिक प्यानलका रावत विजयी भएका हुन् । रावतले संयुक्त प्यानलका प्रकाश उप्रेतीलाई १७ मतको अन्तरले पराजित गरे । रावतले ८ सय १० मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी उप्रेतीले ७ सय ९३ मत प्राप्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा हर्षविक्रम खड्का, वाणिज्य उपाध्यक्षमा दीपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा गणेश बस्नेत, महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा, महासचिवमा लक्ष्मण कँडेल, कोषाध्यक्षमा भद्र भण्डारी र सचिवमा रामप्रसाद पाण्डे विजयी भएका छन् ।
यसैगरी महिला सदस्यमा लक्ष्मी कार्की र टिकाकुमारी कंडेल निर्वाचित भएका छन् भने खुला सदस्यमा रामप्रसाद जैसी, प्रेमप्रसाद पाण्डे, कपिलमणि सुवेदी, रमेश बराल, जनक थापा, हरिकुमार श्रेष्ठ, रामबहादुर गौतम, दिपक खड्का, सिंहराज वम, तेजप्रसाद तिवारी, प्रेमबहादुर रावत र भीमप्रसाद पौडेल निर्वाचित भएका छन् । कूल २२ जना निर्वाचित भएका छन् ।
यसैवीच संघको नवनिर्वाचित अध्यक्ष धनबहादुर रावतले मंगलवार विहान पदभार ग्रहण गरेका छन् । निवर्तमान अध्यक्ष प्रकाश अधिकारीले पूर्व अध्यक्ष टेकबहादुर भण्डारीलगायतको रोहवरमा रावतलाई माइन्युट हस्तान्तरण गरेका थिए । त्यस क्रममा रावतले जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीलाई समेटेर सुर्खेतलाई औद्योगिक नगरीको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए । उनले सुर्खेत कर्णाली प्रदेशको राजधानीसमेत भएको हुँदा यहाँको उद्योग र व्यापारलाई गर्व गर्न लायकको बताउने जानकारी दिए ।