श्रम तथा रोजगार कार्यालय जनकपुरमा विचौलीयासँग सेटिङ्ग मिलाएर घुस लिई काम काम गर्ने एक कर्मचारी सहित दुइ जना विचौलीयालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कार्यालयका कर्मचारी कम्पयुटर अपरेटर सरोज यादव, विचौलीयाहरु धनुषा कमला नगरपालिका ३ बस्ने राम भगत यादव र जनकपुर उपमहानगर १६ पुलचोकका अजय कुमार साह रहेको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए।
स्पेसखबर मार्फत श्रम तथा रोजगार कार्यालमा बिचौलीयाको बिगबीगी रहेको भन्ने समाचार प्रकाशन भएपछि प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दुबैले घुस लिने कर्मचारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए।
स्पेसखबर मार्फत कानुनमन्त्री ज्ञानेन्द्र यादव र प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले सेवाग्राहीलाई कुटपिट समेत गर्ने कर्मचारी र विचौलीयालाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए। कानुनमन्त्री यादवले केहीदिन अघि कार्यालयमा छडके अनुगमन समेत गरेका थिए।
पक्राउ परेका कर्मचारी यादवले यसअघि सेवाग्राहीलाई कुटपिट गरि भिडियो भाइरल हुने डरले मोबाइल रिसेट गरी फुटाइ दिएका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको सादाव पोशाकका प्रहरीले सेवाग्राहीसँग १३-१३ हजार रुपैँया घुस लिइ काम गराइरहेका दुबै बिचौलीयालाई कार्यालय परिसरबाटै पक्राउ गरिएको थियो।
पक्राउ परेका बिचौलीयालाई सोधपुछ गर्ने क्रममा उनीहरुले कम्पयुटर अपरेटर यादवलाई पैसा दिएर काम गराउँदै आएको पोल खोलेको धनुषाका सहायक जिल्ला अधिकारी बेदप्रसाद अर्याललले जानकारी दिए। उनका अनुसार कम्पयादवको नाम आएपछि पुलिस नियन्त्रणमा लिन खोज्दा उनी फरार भएका थिए। पछि त्योसको भोलिपल्ट उनी कार्यालय अगाडीबाट पक्राउ परेका थिए।
याे पनि
जनकपुर श्रम कार्यालयमा कानुनमन्त्रीको छड्के, सेवाग्राहीले सुनाए कार्यालयकाे अत्याचार