गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मध्यपहाडी लोकमार्गलाई भाग्यको अवसरको रुपमा लिन आग्रह गरेका छन्। सुन्दरबजारबासीकै विवादले लोकमार्ग अघि बढ्न नदिनु विकासलाई बर्षो पारी धकेल्ने काम भएको भन्दै सुन्दरबजारबासीलार्इ भाग्य छोप्न तर्फ लाग्न अाग्रह गरे ।
फरक प्रशंगमाबोल्दै मुख्यमन्त्री गुरुङले पर्याप्त स्रोत साधनको कमिले गर्दा सरकारले चाहेजस्तो उपलब्धीहासिल गर्न नसकेको बताए । स्रोत साधनकै कमीले गर्दा स्थानीय, प्रदेश र संघिय सरकार विचको समन्वय नहुँदा सरकार अलमलमा परेको उल्लेख गरे ।
लमजुङ सुन्दरबजारको खत्रीठाटीमा भएको दोस्रो खत्रीठाटी खुल्ला रनिङशिल्ड फुटबल प्रतियोगीताको समापन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले समस्याको हलगर्न सरकार लागीपरेको समेत बताए ।
स्थानीयजनशक्तियूवाक्लवले आयोजना गरेको प्रतियोगीताको फाईनलमाआयोजक टिमलाई ३–२ गोल अन्तरले हराउँदै कोईरालाफाँट यूवा क्लव कोईरालाफाँटले उपाधी जितेको छ । विजयी टिमले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगीतामा २७ टिम सहभागीथिए ।