श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई नेपाल विद्यार्थी संघ लमजुङले लमजुङ सदरमुकाम बेसीशहरमा कालो झण्डा देखाएको छ ।
जिल्ला प्रशसान कार्यालयवाट कार्यालय प्रमुखहरुलाई निद्र्धेशन दिएर बाहिरा निस्कने क्रममा बुधवार साँझ नेविसंघ लमजुङका जिल्ला सचिव श्रीकृष्ण पौडेल नेतृत्वको टोलीले कालो झण्डा देखाएको हो ।
नेविसंघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न र वाइडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचारको छानविन गर्न माग गर्दै आएका छन् ।
सरकारले बहुमतको बलमा संसद्बाट जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै नेविसंघले विरोध गर्दै आइरहेको छ ।