मन्थली नगरपालिकामा चलिरहेको नगर कार्यपालिकाको बैठकमा कार्यपालीकाका केही सदस्यहरुले प्रमुख प्रशासकिय अधिकृत र नगर प्रमुखलाई हातपात गर्दा नगरप्रमुख रमेश बस्नेत सामान्य घाइते भएका छन् ।
नगर प्रमुख बस्नेतले सोमबार साझै नै पत्रकार सम्मेलनको आयोजना गरी कार्यपालिकाको बैठक चलिरहेकै बेलामा प्रमुख प्रशासयिक अधिकृत टेक कुमार रेग्मी र आफूमाथि आक्रमण भएको बताए ।
गत आ ब २०७४-७५ को भुक्तानी हुन बाँकी योजनाका सम्बन्धमा बिधि र प्रकृयाका बारेमा छलफल भइरहदा आफनो वडाको हुन बाँकी सबै रकम भुक्तनी दिनुपर्ने माग राख्दै वडा नं ५ का वडा अध्यक्ष राम बहादुर कार्की, वडा नं ११ का वडा अध्यक्ष कृष्णहरि अधिकारी र कार्यपालिका सदस्य उद्धब रम्तेलले एक्कासी, पानीको बोतल, नेप प्लेट र चियाको ग्लासले हिर्काउदा आफ्नो टाउको फुटेको बस्नेतले जानकारी दिए ।