२०६० सालमा युद्धबिराम भइ हापुरेमा बार्ता चलिरहेको अबस्थामा तत्कालिन राज्य पक्ष द्धारा रामेछापको दोरम्बामा हत्या गरिएका २१ जना (तत्कालिन बिद्रोहि पक्ष) ने.क.पा माओवादीका कार्यकर्ताहरुको शालिक निर्माण गरी एक समारोहकाबिच अनावरण गरिएको छ ।
दोरम्बा हत्याकाण्डको १६ औ स्मृति दिवसको अबसर पारेर ति शालिकहरुको अनावरण ने क पा का ३ नं प्रदेशका सह इन्चार्ज हितमान तमाङ र मृतकका परिवारहरुले संयुक्त रुपमा गरेका थिए ।
नेकपा का जिल्ला अध्यक्ष मैन कुमार मोक्तानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सह इन्चार्ज हितमान तमाङ, ३ नं प्रदेशका सचिब आनन्द पोखरेल, र नेकपा ललितपुरका नेता हरि प्रसाद दाहाल लगाएतले उनीहरुले पार्टीप्रति देखाएको बलिदानीको चर्चा गर्दै तत्कालिन अबस्थामा सरकारले गरेको ज्यादतीको बिरोध गरेका थिए ।
२०६० साल साउन ३२ गतेकै दिन दोरम्बाको एउटा घरमा पार्टीको बैठक बसेका ३३ जना माओवादी कार्यक्रर्ताहरुलाई नेपाली सेनाले घर घेरा हालि पक्रने क्रममा ११ जना कार्यकर्ताहरु भागेर बाच्न सफल भएका र बाँकी २१ जनालाई त्याहाबाट पक्रेर निर्मम यातना दिदै डडुवाको डाडाकटेरी भन्ने स्थानमालगि सामुहिक गोली हानी हत्या गरेको ने क पा का जिल्ला इन्चार्ज देवशंकर पौडेलले बताए ।
शालिक अनावरण गर्न नेकपा का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दोरम्बा आउने कार्यक्रम रहेको भएपनि खराब मौसमका कारण उनी आउन नसकेकाे नेकपाका सचिव शान्ति प्रसाद पौडेलले बताए ।