रामेछापको लिखु तामाकोशी गाउँपालिका १, दुरागाउँमा सुमो दुर्घटना हुँदा सुमो चालकको मृत्यु भएको छ भने वडाध्यक्ष घाइते भएका छन् । मृत्यु हुनेमा सोही वडाका ३२ वर्षीय क्यल्बु तामाङ छन् ।
दुरागाउँबाट दुरागाउँकै फेदीतर्फ जाँदै गर्दा शनिबार बिहान भएको दुर्घटनामा तामाङको घटनास्थलमै मृत्यु भएको हो । लिखु तामाकोसी गाउँपालिका १ का वडाध्यक्ष निमङमर तामाङ घाइते भएको स्थानीय जनार्जन घिमिरेले बताए । घाइते वडाध्यक्षलाई उपचारका लागि सदरमुकाम मन्थली ल्याइको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार बिहान साढे ७ बजे ना.४च ६२०५ नम्बरको सुमो उकालो चढ्ने क्रममा सडकबाट करिब ५० मिटर तल खसेको थियो । मृतक चालक सोही वडाको थापागाउँमा निर्माणाधीन नमुना बस्तीका ठेकेदारसमेत हुन् ।
दुर्घटनाबारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता शेख अदालतले जानकारी दिए ।