बाँकेको राप्तीसोनारी गाउँपालिका -९ ढकेरीमा अत्याधुनिक बाँके बाख्रा व्यवसाय केन्द्रको उद्घाटन गरिएको छ ।
आइतबार एक कार्यक्रमका बिच बाँके बाख्रा व्यवसाय केन्द्रको भवन, गाडि र खसिबोका राख्ने खोरको केन्द्रिय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले उद्घाटन गरे । हेफर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको केन्द्रको सञ्चालन सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघ बाँकेले सञ्चालन गर्नेछ ।
नेपाली महिलाहरुलाई ब्यावसायीक बनाएर उनीहरुको जिवन स्तर परिवर्तन गर्न बाख्रा ब्यावसाय केन्द्रले महत्व पूर्ण भूमिका खेल्ने मन्त्री खनाले विश्वास व्यक्त गरे । कार्यक्रममा हेफर ईन्टरनेश्नल नेपालले निर्माण गरेको बाख्रा ब्यावसाय केन्द्र जिल्ला सहकारी संघलाई हस्तान्तरण समेत गरेको थियो ।
साना किसानहरुद्वारा उत्पादित खसीबोका र बाख्रा सामुहिक रुपमा संकलन गरी शहरी क्षेत्रमा बजारिकरण गरी साना किसानहरुको बजारमा पहुँच सुनिश्चित गर्न उद्वेश्यका साथ केन्द्रको सुरुवात गरिएको बताइएको छ । उद्घाटन समारोहमा प्रदेश नम्बर ५ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, विभिन्न राजनितिक दलका प्रतिनिधी लगायतले बोलेका थिए
। पशु पालन ब्यवसाय सम्बन्धी ३८ जिल्लामा कार्यक्रम सञ्चालन गरेको हेफर नेपालले बाँकेमा पहिलो पटक अत्याधुनिक बाख्रा ब्यावसाय केन्द्र स्थापना गरेको हो ।