सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशकै पहिलो थारु होमस्टे संचालनमा अाएकाे छ ।शहर बजारका रेस्टुरेन्ट र होटेलको भन्दा छुटै स्वाद चखाउन, थारु परम्परा र संस्कृति जोगाउनका निम्ति कर्णाली प्रदेशको वीरेन्द्रनगर १० नयाँगाउँमा थारु समुदायले कर्णाली प्रदेश थारु होमस्टे स्थापना गरेका हुन् ।
आधुनिकताले थिचेपछि लोप हुने अवस्थामा रहेको थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको थारु अगुवाहरु बताउँछन् ।स्थानीय कला संस्कृतिको संरक्षण तथा पर्यटनका माध्यमबाट समुदायको आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यले होमस्टे सञ्चालनमा ल्याइएको सञ्चालक जितबहादुर चौधरीले बताए । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा खोलिइएको होमस्टे आकर्षणको केन्द्रबिन्दु बन्न सक्ने विश्वास व्यक्त गरे ।
जितबहादुरका अनुसार होमस्टेमा थारु परिकार ढिक्री, खाजा सेट, लोकल कुखुराको परिकार, घोघी, माछा, स्थानिय सेतो भेडाको परिकार, गङ्गटा लगाएतका परिकार पाइन्छन् ।होमस्टेमा थारु परिकार खान थारु बाहेकका ग्राहक धेरै नै जाने गरेका छन् । होमस्टे पुर्ण रुपमा सञ्चालन नभइसकेको अवस्थामा पनि दैनिक ५० जना भन्दा बढि ग्राहक आउने गरको चौधरीको भनाई छ ।
उनी थप्छन् ‘हामीले विधिवत रुपमा माघ १ गते नै यो होमस्टेको उद्घघाटन गर्ने तयारी गरेका छौं । तर आन्तरिक पर्यटकहरुले निर्माणाधिन अवस्थामा पनि सेवा सुविधा दिन आग्रह गरेपछि हामीले सेवा दिएका हौं ।’उनका अनुसार ९ जनाको लगानीमा अहिलेसम्म ४० लाख बराबरको लगानी भइसकेको छ । निर्माणको काम अझैं बाँकी छ ।
कर्णाली प्रदेशका १० जिल्ला मध्ये सुर्खेतमा मात्र थारु समुदाय रहेको छ । कर्णालीकै पहिलो थारु होमस्टे भएको संञ्चालक जितबहादुर चौधरीले जानकारी दिए ।होमस्टेमा काम गर्दै आएकी वीरेन्द्रनगर नगरपालीका ११ की शान्ति चौधरीले होमस्टेबाट थारुजातीको संस्कृती मात्रै नभएर थारु युवा युवतीहरुले समेत रोजगारी पाएको बताईन् ।उनले भनिन् ‘थारु जातीले नै सञ्चालन गरेको होमस्टेमा म जस्ता धेरै युवाहरुले घर जनिकै रोजगार पाएका छौं । एकातिर संस्कृती बचाउने र अर्को्तिर आर्थीक संम्वृद्धि समेत थारु होमस्टेबाट भएको छ ।’