अन्तर्राष्ट्रिय उडान गर्ने उद्देश्यसहित नेपालगन्ज विमानस्थलमा थप भौतिक संरचना निर्माण सुरु गरिएकाे छ ।
उडानका लागि आवश्यक अन्तरर्रािष्ट्रय टर्मिनल भवन, पार्किङ वे, इमिग्रेसन, कस्टम, एक्सरे मेसिन, सिसिटिभी क्यामेरा लगायत पूर्वाधार आवश्यक हुन्छ । यी भौतिक संरचनामध्ये पार्किङ वे निर्माण कार्य भने असोज महिनाभित्र सुरु हुने भएको छ ।
अन्तर्रािष्ट्रय उडानका लागि नेपालगन्ज विमानस्थलमा ६ वटा पार्किङ वे थप गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी तथा उपनिर्देशक त्रिलोचन पौडेलले जानकारी दिए ।
एटिआर ७२–५०० विमान अटाउने ६ वटा पार्किङ वे निमार्णका लागि प्राधिकरणले कान्छाराम कन्स्ट्रक्सन प्रालीलाई दिइएको छ । २८ करोड ५३ लाख ४० हजारमा यो पार्किङ वे निमार्ण गर्ने कार्य उक्त कन्स्ट्रक्सनले पाएको हो ।
१८ महिनामा पार्किङ निर्माणका काम सक्ने सहमति पनि प्राधिकरण र कन्स्ट्रक्सनका बीच भएको छ । अन्तरर्रािष्ट्रय उडानका लागि पार्किङ वेका साथै अन्य पूर्वाधारसमेत आवश्यक हुन्छ । विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार, पार्किङ बाहेक अन्य भौतिक पूर्वाधार निर्माणका लागि डिजाइन तयारी भइसकेको छ । कार्तिकमा डिजाइन तयार भइसक्ने उनले बताए ।
हाल नेपालगन्ज विमानस्थलबाट पश्चिम र सुदुर पश्चिमी नेपालका दुर्गम क्षेत्रमा उडान हुँदै आएको छ । यो विमानस्थलामा एटिआर–७२ विमानका लागि २ वटा पार्किङ वे रहेका छन् । अन्र्तराष्ट्रिय उडान हने बेलासम्म ८ वटा पार्किङस्थल हुने छन् । नेपालगन्ज विमानस्थबाट पर्यटकीय मौसममा ९० बढी र अन्य समय ४४ को हाराहारीमा उडान तथा अवतरण हुने गरेका छन् ।