राजपाअध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधनभई आफूहरुकामाग पूरा नभएसम्म संविधानमाथिको विरोध जारी रहने बताएका छन्।
साेमबार नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई संवोधनगर्दै उनले अहिलेको अवस्थामाआफूहरुले संविधानदिवस मनाउनन सक्ने बताएका थिए । महत्तोले मधेशीलगायत पछाडि पारिएका समुदायकामाग पूरा गर्नुपर्ने बताउँदै दुई थरीका व्यवहार भइरहेको प्रति आफू गम्भिर भएको बताए । अहिलेको सरकार नश्लवादी भएको भन्दै महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन गर्ने समयमा आफूहरुकामाग पूरा गर्ने आश्वासन दिएकाले अहिलेसम्म पर्खेको बताए ।
सरकार गठन भएको ६ महिनासम्म पनि आफूहरुकामाग पूरा नभएको बताउँदै अब केही दिन भित्रै सरकारकाबारेमा पार्टीले निर्णय गर्ने बताए । उनले कैलाली घटनालगायत तराई मधेसका जिल्लामा प्रतिसोध साँधेर पक्राउ गरिएका नेता कार्यकर्ताको तत्काल रिहाईको माग समेत गरेका थिए ।
कार्यक्रममा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले संविधानमा भएको सीमाङ्कन आफूहरुलाई मान्य नभएको बताए । उनले टीकापुर घटनामा संलग्नताको आरोपमा पक्राउ गरिएका सांसद रेशम चौधरीलाई अपराध पुष्टि नभएसम्म सपथ ग्रहण गरी संसदमा भागलिने अवस्था राज्यले बनाउने पर्ने मा जोड दिएका थिए ।