नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले अाफ्नाे तलव मानवीय सेवामा लगाएका छन्।
जनप्रतिनिधिको रुपमा अाफ्नाे कार्यकालभर पाइने तलवभत्ता नलिने घोषणा गरेका नगर प्रमुख डा राणाले पहिलो महिनाको तलव र भत्ता मंगलबार एक समारोहबीच व्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय राज योग केन्द्रलाई प्रदान गरेका हुन्।
सरकारले उपमहानगरपालिका नगरप्रमुखलाई मासिक ४५ हजार पारिश्रमिक दिने गरेको छ। कर कट्टा गरी ४० हजार र १० हजार बराबर भत्ता सहित हुन आउने ५० हजार बराबरको चेक नगर प्रमुख राणाले केन्द्र प्रमुख व्रम्हाकुमारी दुर्गादेवीलाई प्रदान गरे ।
मेयरका रुपमा प्रतिष्पर्धा गरिरहँदा नै राणाले तलव, भत्ता नलिने उद्घाेष थिए। पूर्व घोषित प्रतिवद्धता अनुसार नगर प्रमुख राणाले सबै महिनाको तलव नियमित रुपमा मानीवय सेवाका लागि समर्पण हुने बताए ।
राणाले थप तलवभत्ता शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ता परिपूर्तीमा सहयोग गरिने बताए । यसअघि नगरपालिकाको मेयर हुँदा पनि राणाले तलव नलिई स्वास्थ्य र सरसफाईमा सहयोग गरेका थिए । सहयोग प्राप्तीपछि व्रम्हाकुमारी दुर्गादेवीले सहयोग रकम मानवीय सेवा र उत्थानमै सदुपयोग हुने विश्वास दिलाएकी छिन् ।