नेपालगंज उपमहानगरपालिकामा अझै पनि बालश्रमिककाे संख्या उल्लेख्य रहेकाे छ । वडा न १२ ले वडामा बालश्रमको अनुगमन तथा घर दैलो कार्यक्रम गर्दा ७ जान बालकहरुलाई बालश्रममा लगाएको पाइएको हो ।
स्थानिय सरकारले संविधान दिवसको महोत्सव मनाई रहेका बेला उपमहानगरपालिकाको वडा न १२ ले दिवसकै उपलक्ष्यमा बालश्रम न्युनकरण तथा वडालाई बालश्रम मुक्त वडाको रुपम घोषणा गर्ने क्रममा अनुगमन गरेको हो । वडाका सबै भागहरुमा अनुगमन नगरेपनि नमुनाको रुपमा वडाको कार्यलय रहेको ठाउँ बेलासपुर लगाएत नेपालगंजको व्यस्त वजार रोड सुर्खेत रोडमा रहेका पसलहरुमा अनुगमन गर्दा ७ जना बालकहरुलाई बालश्रममा लगाईएको पाइएको हो ।
नेपालको बालश्रम निषेध ऐन तथा नियमन ऐन २०५६ ले १४ वर्ष मुनिका बालबालिकाहरुलाई बालश्रममा लगाउनु नपाइने व्यवस्था गरेको भए पनि नेपालका विभिन्न क्षेत्रहरुमा बालबालिकाहरुलाई बालश्रममा लगाइएका छ । संविधान भनेको हरेक अधिकारको सुनिश्चित गर्ने एउटा बाटो भएको हुदाँ संविधान दिवसको दिन बालश्रमको अनुगमन तथा घरदैलो कार्यक्रम गरीएको वडा न १२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदी बताउछन्।
अध्यक्ष सुवेदीले भने,“आज संविधान दिवस भएको कारण संविधानको कार्यन्वयनको अर्थ राख्दै वडाले आज बाल श्रम अन्त्यका लागि अनुगमन र घर दैलो कार्यक्रम गरीएको हो,उनेले भने,“वडालाई बालश्रम मुक्ति बनाउने योजना अनुसार पनि हामीले यस प्रकारको कार्यक्रम गर्दै आएका छौ ।
अनुगमनको क्रममा बालश्रममा लगाईका बालकहरुलाई उनीहरुको आमाबुवाको जिम्मा लगाउने र आमाबावुको अवस्थाबारे जानकारी लिने तथा बालश्रममा भएका बालबालिकाहरुलाई विद्यालयमा पठनपाठनको व्यवस्था गरीएको छ । आगामी दिनमा अनुगमलाई अझै ससक्त्त बनाएर लैजाने अध्यक्ष सुवेदीले दावी गरेका छन ।