रुकुम पश्चिमको सल्ले विमानस्थल तीन महिनापछि सञ्चालनमा आएको छ । विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाजले आइतबारदेखि सेवा सुरु गरेको हो ।
निगमको विमानले काठमाडौं–रुकुम–नेपालगञ्ज उडान गरेर सेवा सुरु गरेको हो। जहाजले काठमाडौं र नेपालगञ्ज गरी पहिलेकै तालिकाअनुसार सातामा एक एक दिन उडान भर्ने निगम सल्लेका निमित्त प्रमुख रमेश पोखरेलले जानकारी दिए ।
उनका अनुसार जहाजले आइतबार काठमाडौं–रुकुम–नेपाजगञ्ज र सोमबार नेपालगञ्ज–रुकुम–काठमाडौं उडान भर्ने छ । यसअघि दुर्गम ठाउँमा उडान गर्ने निगमका जहाज अपुग र ग्राउडेड भएपछि सेवा बन्द भएको थियो । दसैंतिहार नजिकिँदै गर्दा हवाइ सेवा सञ्चालनमा आएपछि रुकुम पश्चिम र पूर्वका सर्वसाधारण खुसी भएका छन् ।