धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठनहरु तरुण दल नेपाल विद्यार्थी संघ लगाएतका संगठनहरुले आज पाचौं दिन पनि धनगढीमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
कम्युनिष्ट सरकारले एकपछि अर्को गर्दै गलत निर्णय गर्न थालेको भन्दै विरोधमा पुत्ला दहन गरिएको आन्दोलनकारीहरुले बताए ।
केहिदिन यता दैनिक जसो नेविसंघ र तरुण दलका कार्यकर्ताले साझँपख धनगढीको एलएन चोक र कैलाली बुहमुखी क्याम्पस लगाएतका क्षेत्रमा सरकारको विरोधमा नारावाजी गर्दै पुत्ला दहन गर्ने गरेका छन् ।
सरकारले बुहमतको आडमा चिकित्सा शिक्षा विधेयक पास गरेको विरोध र निर्मला पन्तका हत्यारालाई सरकारले नै लुकाएको आरोप लगाउँदै पुत्ला दहन गरिएको नेविसंघ कैलालीले जनाएको छ ।