कैलालीको धनगढी उपमहानगरपालिका—६, जालीमा दुई युवतिलाई बलात्कार गर्न खोज्ने एक जना युवालाई गाउले नियन्त्रण लिएर प्रहरी बुझाएको छ ।
१३ वर्षिय र १४ युवतिलाई युवतिलाई बलात्कार गर्न खोज्ने सोही गाउका २२ वर्षिय अनिल चौधरीलाई स्थानीयले समातेर प्रहरीलाई बझाएपछि पक्राउ गरी जिल्ला चलान गरेको छ ।
स्थानियहरुको सूचना लगत्तै वडा प्रहरी कार्यालय धनगढीका ईन्चार्ज प्रहरी निरिक्षक वकिलबहादुर सिंहको कमाण्डमा गएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरिएको हो ।
तीन वर्ष अगाडी पनि पिडक चौधरीले जाली गाउमै एक घरमा गएर बलत्कारको प्रयासका थिए । उक्त घटना गाउमै मिलापत्र गरि बलत्कारको घटना ढाकछोप गरिएको स्थानीयले बताएको छ । बलत्कार गरेको भन्दै पिडक चौधरीलाई स्थानियहरुले कुटपिट गरेर गाउँमै घटना मिलाएका थिए ।
एक जना नुहाई रहेको र अर्की त्यत्तिकै बसिरहेकी युवति मध्ये त्यतिकै बसिरहेकी युवतिलाई आफूलाई भोक लागेकोले खाना ल्याउन पठाएर नुहाई रहेकी युवतिलाई सुरुमा बलात्कार गर्न खोजेको र ती युवति चिच्याएपछि खाना लिन गएकी अर्की युवतिलाई समेत चौधरीले बलातकार गर्न खोजेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले जानकारी दिए ।
दुई जना युवतिलाई बलात्कारको प्रयास गरेको सूचना स्थानियहरुले दिएपछि तत्काल चौधरीलाई पक्राउ गरी जिल्ला चलान गरिएको वडा प्रहरी कार्यालय धनगढीका ईन्चार्ज प्रहरी निरिक्षक वकिलबहादुर सिंहले बताए ।
प्रहरीले टोलटोलमा प्रहरी अभियान संचालन गर्दै घटना सानो होस् या ठूलो नलुकाई तत्काल प्रहरीलाई खबर गरे अपराधिलाई सजिलैसंग पक्राउँ गर्न सहज हुने अभियान संचालन गर्दै आएको छ ।
प्रहरीको अभियानसंगै स्थानियहरुले घट्ना घटेको लगत्तै प्रहरीलाई सूचना दिदा कैलाली प्रहरीले अपराधिलाई पक्राउ गर्न सफल हुँदै गएको वडा प्रहरी कार्यालय धनगढीका ईन्चार्ज प्रहरी निरिक्षक वकिलबहादुर सिंहले बताए ।
प्रहरीले दुई दिन अघि मात्र सोही ठाउँमा टोल टोलमा प्रहरी अभियान अन्तर्गत स्थानियहरुसंग छलफल गर्दै अपराधिक घटना रोक्न सहयोग गर्नुपर्ने र सो का लागि घटना घटेलगत्तै प्रहरीलाई तत्काल खबर गर्न अनुरोध गरेको थियो ।