कैलालीकाे धनगढीमा एक युवकको हत्या भएको छ।
धनगढी उपमहानगरपालिका-४ स्थित नाष्ट कलेज नजिकै धनगढी-४ का २५ वर्षीय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभुषण तिमल्सिनाले जानकारी दिए।
उनका अनुसार थापाकाे गएराति ११ बजेतिर हत्या भएकाे हाे। रक्ताम्य युवकलाई घिसार्दै लगिरहेका धनगढी उपमहानगरपालिका-४ का आशिष सेटीलाई पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक आभुषण तिमल्सिनाले बताए।
हत्याकाे कारण भने खुल्न सकेकाे छैन। घटनाबारे थप अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ।